१६ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ, चार वर्षयता गराउँदै थिए यौन धन्दा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ चैत, २०८१
१ वर्षअघि

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रीतिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार उनीहरूले १६ वर्षीय बालिकालाई ४ वर्षदेखि पालैपालो होटलमा राखेर यौन धन्दा चलाउँदै आएका थिए ।

बालिकालाई ग्राहकहरू सँगबाट पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा प्रहरीले विक र भोम्जनलाई पक्राउ गरेको डिएसपी बताए ।

२०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई होटलमा वेश्यावृतिमा लगाएको देखिएको उनको भनाइ छ ।

प्रहरीले दुवै होटलको रितपुर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामग्रीहरू बरामद गरेको जनाएको छ ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित समय: बिहिबार २७ चैत, २०८१, १८:२६:४९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०