भ्यान दुर्घटनामा महिलाको मृत्यु, बेपत्ता भनिएका चालक घाइते अवस्थामा फेला

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ चैत, २०८१
१ वर्षअघि

वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा बेपत्ता रहेका चालक घाइते अवस्थामा भेटिएका छन् ।

चापाकोट नगरपालिका घर भएर वालिङ–७ केवरेमा बस्दै आएका २८ वर्षीय चालक सुरज थापा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल भन्दा केही पर थापा घाइते अवस्थामा भेटिएका हुन् ।

घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ।

वालिङ–चापाकोट सडकखण्ड अन्तर्गत वालिङ नगरपालिका-५ र ७ को सिमाना मझकोटमा गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो ।

दुर्घटनामा वालिङ नगरपालिका-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक भन्दा झण्डै १५० मिटर तल सवारी साधन देखेपछि प्रहरीलाई खबर गरिएको थियोे ।

ग १ ज ७५११ नम्बरको विन्ङ्गर भ्यान दुर्घटनाग्रस्त अवस्थामा रहेको भए पनि कता जाँदै गरेको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

महिला मृत अवस्थामा घटनास्थलमा नै भेटिएको प्रहरीले जनाएको छ ।

चालक फेला परेपछि घटना बारे खुल्ने प्रहरीको भनाइ छ ।

प्रकाशित समय: आईतबार ९ चैत, २०८१, १७:२१:३८
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज
बुधबार २ ब‌ैशाख, २०८३
नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल
बुधबार २ ब‌ैशाख, २०८३
‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०