उपचार खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालमा शव बन्धक !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा रहेको गोल्डेन अस्पतालले उपचार खर्च तिर्न नसकेपछि शव बन्धक बनाएको पाइएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका व्यक्तिको मृत्यु भएपछि एक युवकको शव अस्पतालले बन्धक बनाएर राखेको हो ।

गत फागुन २८ गते राति ८ः३० बजेतिर विराटनगर–११ नयाँ गुद्रीमा बसपार्कबाट नयाँ गुद्रीतर्फ जाँदै गरेको प्र.१–०२–४४प ९२३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर–१२ बस्ने ३० वर्षीय सञ्जय कामत टाउको र कानमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरी सुनसरी बर्जु गाउँपालिका–५ का २७ वर्षीय राजेश चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कामतको आठ दिनपछि बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको थियो ।

दुर्घटना गराउने चौधरीले उपचार खर्च तिर्न सकेनन् । त्यसपछि पैसा तिर्नुपर्ने बाध्यता आफूहरूको काँधमा आएको मृतकका भाइ अजयकुमार कामत बताउँछन् ।

‘दुर्घटना गराउनेले उपचार खर्च तिरिदिएन, हामीले नै तिर्नुपर्ने भयो,’ उनले शब्द एक्सप्रेससँगको कुराकानीमा भने, ‘तर, हाम्रो आर्थिक अवस्था राम्रो छैन । यसैले अफ्ठेरोमा पर्‍यौं ।’

‘गोल्डेन अस्पतालले कि त दुर्घटना गराउनेबाट पैसा जोहो गराउनुस् कि त आफन्तहरूबाट उठाएर बुझाउनुस् भनेको छ,’ अजयले भने, ‘दुर्घटना गराउनेले दिएन । संकलन गर्न पनि ठुलो रकम छ ।’

उनका अनुसार अस्पतालमा उपचार खर्च ७ लाख रुपैयाँ उठेको छ । औषधि र स्वास्थ्य सामग्री भने जसोतसो किनिएको उनको भनाइ छ । मृतक सञ्जय विराटनगरको घाँसचोकस्थित मनोज स्क्रिन प्रिन्टमा काम गर्थे ।

कामबाट घर फर्किँदै गर्दा उनी दुर्घटनामा परेका थिए । उपचारका क्रममा मृत्यु भएपछि सदगदका लागि शव निकाल्न खोज्दा अस्पतालले लास दिन अस्वीकार गरेको थियो ।

शव नपाएपछि आन्दोलित आफन्तले स्थानीय जनप्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेका थिए ।

विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर–६ का वडाध्यक्ष अक्ष सहनीसहितले अस्पतालसँग शव लैजान पाउनेगरी सहमति गरेको थियो ।

जनप्रतिनिधिले दुर्घटना गराउनेसँग उपचार खर्च उठाएर अस्पताललाई तिरिदिने प्रतिबद्धता जनाएपछि शव लैजान पाउनेगरी सहमति भएको मृतकका भाइ अजयले बताए ।

‘भर्खरै मात्र शव लैजान पाउनेगरी सहमति भएको छ,’ मृतकका भाइ अजयले भने, ‘अब, कोशी अस्पतालमा लगेर पोस्टमार्टम गर्ने तयारी गरेका छौं । शव दिइसक्नु भएको छैन । तर, दिनुहुन्छ होला !’

यो विषयमा अस्पतालका कर्मचारीहरूसँग कुरा हुन सकेन । अस्पतालका प्रवक्ता सुधीर राथोडले आफू बाहिर रहेको सुनाए भने अर्का कर्मचारी मोहम्मद ज्याहुल हकको फोन स्विच अफ थियो ।

प्रकाशित समय: बिहिबार ६ चैत, २०८१, २०:०६:११

सम्बन्धित खबर

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
१ घण्टाअघि

एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य

शुक्रबार ९ असोज, २०८३
२ घण्टाअघि

‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’

शुक्रबार ९ असोज, २०८३
२ घण्टाअघि

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
१९ घण्टाअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१९ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
२० घण्टाअघि
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०