विराटनगरमा रक्सीले मातिएका व्यक्तिले मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, साइकलयात्री गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-११ नयाँ गुद्रीस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जना गम्भीर र एक जना सामान्य घाइते भएका छन् ।

बसपार्कबाट नयाँ गुद्रीतर्फ जाँदै गरेको प्र.१-०२-४४प ९२३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो ।

बुधबार राति ८:३० बजे भएको उक्त दुर्घटनामा साइकल यात्री विराटनगर-१२ निवासी ३० वर्षीय सञ्जय कामतको टाउको र कानमा चोट लागेको छ ।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि न्यु गोल्डेन अस्पताल विराटनगरमा पठाइएको छ ।

मोटरसाइकल चालक सुनसरी जिल्ला बर्जु गाउँपालिका-५ निवासी २७ वर्षीय राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ ।

दुर्घटनामा परेको साइकल र मोटरसाइकल प्रहरी चौकी बखरीको नियन्त्रणमा रहेको छ ।

घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट अन्दाजी ३ किलोमिटर दक्षिण-पश्चिम पर्ने स्थानमा रहेको र दुर्घटनाको कारण मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बिहिबार २९ फाल्गुण, २०८१, ०७:०२:५४

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०