खडेरीले आजित छन् ताप्लेजुङका किसान, पानी माग्दै गरे नदीमा पूजा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
१ वर्षअघि

ताप्लेजुङ । खडेरीले आजित बनेका ताप्लेजुङका किसानले आइतबार पानी माग्दै तमोर नदीमा पूजा-आजा गरेका छन् ।

पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् ।

ईन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वाससहित उनीहरूले तमोर नदी र काबेली खोलाको संगमस्थल त्रिवेणीमा पानी माग्दै वर्षा र सहकालका देवता मानिने ईन्द्र भगवानको पूजा गरेका हुन् ।

लामो समयदेखि पानी नपरेका कारण बोका बलि चढाउँदै इन्द्र भगवानको पूजा गरिएको फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लिम्बूले जानकारी दिए ।

वडाध्यक्ष सेन्दाङका अनुसार ईन्द्र भगवानको पूजा गरे पानी पर्ने जनविश्वास रहेकाले स्थानीय किसानले नदी किनारमा गएर पूजा आयोजना गरिएको हो ।

उनले लामो खडेरीका कारण समयमा खेतीबाली लगाउन नपाएको र लगाएको बाली सुक्न थालेपछि पानी माग्दै पूजा गर्नु रहर नभइ बाध्यता भएको बताए ।

फूलबारीका पाँच दर्जन बढी किसान परिवारले संयुक्त रूपमा तमोर नदीमा पूजा आयोजना गरेको पनि उनले जानकारी दिए ।

लामो समयसम्म खडेरी पर्दा ग्रामीण क्षेत्रमा पानी माग्दै ईन्द्र भगवानको पूजा गर्ने साथै भ्यागुताको विवाह गर्नेलगायतको प्रचलन रहिआएको छ ।

प्रकाशित समय: आईतबार २ चैत, २०८१, २०:१४:०८

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०