गणतन्त्रमा मन्त्री बनेका राप्रपा सांसदकै अगाडि जलाइयो प्रचण्डको तस्बिर !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
१ वर्षअघि

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको छ ।

मकवानपुरको जिल्ला अधिवेशनको क्रममा उक्त संगठनले प्रचण्डको तस्बिर जलाइएको हो ।

जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बीर जलाएका हुन् ।

बोल्दाबोल्दै उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा तथा मूर्तिचोरको आरोप लगाएको भोलिपल्ट शनिबार हेटौंडामा उनको तस्बिर जलाइएको हो ।

प्रचण्डको मेलम्ची अभिव्यक्तिको ‘साइड इफेक्ट’को रुपमा उनको तस्बिर जलाउनुपर्ने कारण बनेको व्याख्या गरेको छ ।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा भएको सभालाई सम्बोधन गर्दै राजतन्त्रप्रति कडा टिप्पणी तथा पूर्वराजालाई भाइमारा र मूर्तिचोर को हो भनेर सोधेका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिपछि आक्रोशित राजावादी पार्टी राप्रपाले त्यसको प्रतिकारको रूपमा शनिबार हेटौंडामा उनको तस्बिर जलाएको जनाएको हो ।

प्रचण्डको तस्बिर जलाएपछि युवा नेता पलाँताले सामजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनुभएको छैन होला नि भनेर सन्देश दिएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट एउटा भिडियो सन्देश जारी गर्दै आफू सक्रिय हुन लागेको सन्देश दिएपछि उत्साहित राजावादीहरुले फागुन २५ गते उनी काठमाडौं फर्कंदा भव्य स्वागत गरेका थिए ।

उक्त घटनापछि नेपालमा अहिले राजावादी र गणतन्त्रवादीबीच आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रमको मञ्चमै प्रचण्डको तस्बिर जलाइएको छ ।

उक्त मञ्चमा राप्रपाका नेता एवं मकवानपुरकै क्षेत्र नम्बर १ बाट विजयी संघीय सांसद दीपकबहादुर सिंह उपस्थित थिए । उनले प्रचण्डको तस्बिर जलाइनु जनताको आक्रोश रहेको प्रतिक्रिया दिएका छन् ।

जबकि, उनी दुई वर्षअघि गणतन्त्रवादी दलहरूसँग मिलेरै सत्तामा बसेका थिए ।

प्रकाशित समय: आईतबार २ चैत, २०८१, ०७:३२:५५

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२१ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०