उर्लाबारीबाट हराएका मोबाइल भारतका विभिन्न स्थानमा भेटिए

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । गत माघ २१ गते मोरङको उर्लाबारी नगरपालिकाबाट हराएका मोबाइल छिमेकी मुलुक भारतका विभिन्न स्थानमा भेटिएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा परिचालन भएको प्रहरी टोलीले ३२ थान मोबाइल फेला पारेको हो ।

चोरी भएको मोबाइल खोजतलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका-५ स्थित योगराज कार्कीको मोबाइल वर्ल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरू खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरूबाट फेला पारेको हो ।

उर्लाबारीमा चोरी भएको २० थान, नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोबाइल बरामद गरिको प्रहरीले जनाएको छ ।

मोबाइल चोरीको घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार २४ फाल्गुण, २०८१, ०३:४९:३१
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०