मेरिल्यान्ड कलेजको २२ औं वार्षिकोत्सव : विद्यार्थीसँगै शिक्षक र कर्मचारी सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-७ जलजलाचोक नजिक रहेको मेरिल्यान्ड कलेजले आफ्नो २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कलेज परिसरमा शुक्रबार विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र बिबिएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्रछात्रालाई पुरस्कृतसमेत गरेको थियो ।

यसैगरी, कलेजको आन्तरिक परीक्षामा अब्बल अंक ल्याउने तथा आन्तरिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरू सम्मानित भएका थिए ।
त्यसबाहेक, कलेजमा १५ वर्षभन्दा बढी कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेमा दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजीत प्रधान, शशीभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराई र देवकी मरिक रहेका छन् ।
उनीहरूलाई दोसल्ला ओढाएर मुख्य अतिथि तथा विराटनगरका मेयर नागेश कोइराला, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै प्रमुख अतिथि कोइरालाले मेरिल्यान्ड विराटनगरको ऐतिहासिक कलेज बताए । व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट रहेको कलेजमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षक उत्तिकै बढेको कोइरालाको भनाइ छ ।

यस्तै, कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट सातमा पर्न सफल भएको स्मरण गराए ।

२०५९ सालमा स्थापना भएको कलेजले आगामी शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठनपाठन थाल्ने उनको भनाइ छ ।

कार्यक्रममा मुख्य अतिथि कोइराला र प्रिन्सिपल ढकालका साथै कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका डाइरेक्टर भेषराज पोखरेललगायतले आफ्नो मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य-नाटक गरेर उपस्थित अतिथि, अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित समय: शुक्रबार १६ फाल्गुण, २०८१, १८:२९:४९
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०