प्रकृति लम्साललाई ७६ वर्षीय हजुरबुबाले दिए दागबत्ती

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ फाल्गुण, २०८१
२ वर्षअघि

भैरहवा । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।

बुधबार राति नेपाल ल्याइएकी प्रकृतिको बिहीबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।

लम्साललाई उनका हजुरबुवा ७६ वर्षीय देवनाथ लम्सालले दागबत्ती दिएका थिए । प्रकृतिको अन्त्येष्टिमा सयौँ स्थानीय सहभागी भएका थिए ।

सुरक्षा अधिकारीहरू, उद्योगी–व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको त्यहाँ मृत्यु भएको थियो ।

ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अडिवक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटक पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन् ।

प्रकृतिको शव बुधवार राति ११ बजे गृह जिल्ला रुपन्देही ल्याइएको थियो । प्रकृतिको शव घरमा ल्याउँदा आफन्त र त्यहाँ उपस्थित स्थानीय भावविह्वल भएका थिए ।

पारिवारिक स्रोतका अनुसार प्रकृतिको शव बुधवार ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले राति अन्त्येष्टि गरिएको र अहिले यहाँको स्थिति सामान्य रहेको बताए ।

प्रकाशित समय: बिहिबार ८ फाल्गुण, २०८१, १२:३७:०८

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०