सार्वजनिकस्थलमा गोरू काटेर भोज खाएको आरोपमा पक्राउ परिन् धरानकी सिर्जना बेघा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ फाल्गुण, २०८१
२ वर्षअघि

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव भड्काएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

प्रहरीले धरान उपमहानगरपालिका-८ भोटेपुलकी ३६ वर्षीया सिर्जना बेघालाई बुधबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट सामाजिक सद्भाव भड्काएको, अवैध चन्दा असुली कार्यमा संलग्न भएको, सार्वजनिक स्थलमा गोरू काटेर भोज खाएको, सार्वजनिक सम्पत्तिको तोडफोड गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

प्रहरीले बेघालाई आज धरानको अमरहाट बजारबाट पक्राउ गरेको हो ।

सामाजिक सद्भाव भड्काएको र अवैध चन्दा असुलीको कार्यमा संलग्न भएको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी प्रकाश जवेगुले बताए ।

आरोपितले सामाजिक सञ्जालमा प्रहरीले आफै मिथ्था कुरा राखेर आफूलाई फसाउन खोजेको र सोही आधारमा गिरफ्तार गरेको बताएकी छन् ।

जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बेघालाई गिरफ्तार गरिएको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार ७ फाल्गुण, २०८१, १५:०८:२१
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०