विराटनगर । विराटनगर महानगरपालिका-९ मा अवस्थित ग्रिनल्यान्ड कलेजले आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ ।
कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कलेजको आन्तरिक परीक्षामा उत्कृष्टट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो ।
त्यस्तै, भर्खरै विराटनगरमा सम्पन्न हिसान खेल सप्ताहमा विजेता खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो ।
दुई वर्षपछि हिसान खेलेको ग्रिनल्यान्ड क्रिकेटको फाइनल खेलेको र कबडीको उपाधि जितेको थियो ।
उनीहरू सबैलाई कलेजका प्रिन्सिपल दिनेश दाहाल, निर्देशकहरू हरि धमला, पिताम्वर लुइँटेल, रविन्द्र घिमिरे र पुरुषोत्तमराज कार्कीलगायतले सम्मान गरेका थिए ।