भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषी ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधबार फैसला गरेको हो ।

अदालतले पराजुलीलाई ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।

६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले ६ वर्ष कैद सजाय र त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको हो ।

पशुपतिकाे स्वामित्वमा रहेकाे बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

प्रमुख जिल्ला अधिकारी हुँदै काेशी प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सचिव पनि बनेका पराजुली राजीनामा दिएर २०७६ वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए ।

उनी २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए ।

तर, अदालतको फैसलासँगै स्वतः पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित नौ जनालाई दोषी ठहर भएका थिए ।

भ्रष्टाचार आरोपमा एमाले नेता कुइँकेललाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको थियो ।

उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर भएको छ ।

महेन्द्रलाल श्रेष्ठलाई बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर भएको हो ।

सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।

अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ ।

काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ ।

सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।

अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।

नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय: बिहिबार १ फाल्गुण, २०८१, १२:१९:४०
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
गैरीगाउँ सुकुम्बासी बस्ती पनि हटाउने अभियान तीव्र
शनिवार १२ ब‌ैशाख, २०८३
थापाथलीबाट १३ जना घरवारविहीनलाई सुन्दरीघाट लगियो
शनिवार १२ ब‌ैशाख, २०८३
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०