१० खेलाडीमा सीमित बार्सिलोनाको शानदार जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
१ वर्षअघि

विराटनगर । गोल गरेको १५ मिनेटमा फेर्मिन लोपेजले रातो कार्ड खाएर १० खेलाडीमा सीमित भएको बार्सिलोनाले सेभियामाथि उसकै मैदानमा ४-१ को फराकिलो जित निकालेको छ ।

स्पेनिस ला लिगामा यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग मात्र २ अंकको दूरीमा झार्न सफल पनि भएको छ ।

पहिलो हाफको सातौँ मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

तर त्यसको एक मिनेटमै बार्सिलोनाले गोल खाएको थियो । बार्सिलोनाले गोल गरेको १ मिनेटपछि नै रुवेन भार्गसले सेभिल्लालाई बराबरीमा ल्याएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फर्मिनले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए ।

उनी पहिलो हाफको ३८ औँ मिनेटमा गाभीको स्थान लिदै मैदान छिरेका थिए । तर ६२ औँ मिनेटमा सीधै रातो कार्ड खाँदै मैदान छाडे ।

त्यसअघि खेलको ५५ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता फराकिलो पारेको थियो । खेलको ८९ औँ मिनेटमा इरिक गार्सियाको गोलमा बार्सिलोनाले ४–१ को जित दर्ता गर्‍यो ।

रियल मड्रिड ५० अंकमा शीर्ष र एट्लिको मड्रिड ४९ अंकमा दोस्रो स्थानमा छ ।

गएराति भएको अन्य खेलमा रियल सोसिडाडले स्प्यानोललाई २–१ ले हरायो । भ्यालेन्सियाले लेगेनासमाथि २–० ले तथा गेटाफेले डिपोर्टिभो अल्भेसमाथि ‍१-० को जित दर्ता गर्‍यो ।

प्रकाशित समय: सोमबार २८ माघ, २०८१, ०७:२८:४५
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०