झोराहाटको सरस्वती माविले मनायो ६७औं वार्षिकोत्सव

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ६७औं वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

Advertisement

साे सामुदायिक विद्यालयले आफ्नै परिसरमा विविध कार्यक्रम गर्दै वार्षिकाेत्सव मनाएकाे हाे । कार्यक्रमको उद्घाटन पूर्वराष्ट्रपति भण्डारीले गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले शैक्षिक क्षेत्रको सुधारका लागि सबैको समन्वय आवश्यक रहेको बताइन् ।

विद्यालयका प्रधानाध्यापक अशाेककुमार लुइँटेलले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वि.सं २०१४ सालमा स्थापित विद्यालयले २०४० देखि एसएलसी परीक्षा, २०५४ देखि प्लस टुसम्मको शिक्षा र २०६६ देखि प्राविधिक शिक्षा दिइँदै आइएको उनले सुनाए ।

यसैगरी, विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष श्यामकुमार सरदारले शिक्षक, कर्मचारीसहित विद्यार्थी र अभिभावकहरूकाे सहयाेगले विद्यालयले दिनानुदिन प्रगति गर्दै गएकाे बताए ।

कार्यक्रममा पूर्वप्रधानाध्यापकहरू बलराम पाेखरेल, गाेविन्द भगत र तिलक सापकोटालाई सम्मान गरिएकाे थियाे भने पूर्वविद्यार्थीहरू वरिष्ठ फिजिसियन डा.दिनेश न्याैपाने, भक्तपुरका जिल्ला न्यायाधीश विश्वनाथ भट्टराई, उप-प्राध्यापक दुर्गाप्रसाद लुइँटेल र वाणिज्य बैंकका शाखा प्रबन्धक सञ्जीव चाैधरीलाई सम्मान गरिएकाे थियो ।

यस्तै, स्कुल निर्माणका लागि एक बिघा १९ कट्ठा जग्गा दान दिने स्वर्गीय सरस्वतादेवी निराैलाका पुत्रबधु सावित्रादेवी निराैलालाई पनि सम्मान गरिएकाे थियाे । उनीहरू सबैजनालाई पूर्व राष्ट्रपति भण्डारीले सम्मान गरिन् ।

साे अवसरमा विद्यालयमा अध्यनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले कृषि, विज्ञान, गणित, नर्सिङ र प्राविधिक धारका वस्तुहरूकाे प्रदर्शनी गरेका थिए ।

उनीहरूले चारवटा स्टल राखेर स्थानीय खानाका परिकारका साथै अन्य विज्ञानजन्य सामग्री प्रदर्शनी गरेका थिए ।

साथै, विद्यार्थीहरूले सांगीतिक र साँस्कृतिक कार्यक्रममार्फत् उपस्थित अतिथि र अभिभावकहरूलाई मनोञ्जन दिलाएका थिए ।

सरस्वती माविमा बाल कक्षादेखि १२ सम्म दुई हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । विद्यालयमा ५२ जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् ।

कार्यक्रममा प्रदेश सांसद भीम पराजुली, जयप्रकाश चाैधरी, ललिताकुमारी चौधरी, ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी र वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०