प्रेममा परेकी छोरीको मावलीघरमा ल्याएर हत्या

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ माघ, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ मा शुक्रबार दिउँसो भेटिएको शवबारे मोरङ प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

भारत बिहारको छाप्रा जिल्ला घर भएकी बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो ।

कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल पूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा गाडेको अवस्थामा १४ वर्षीय चाँदनी यादवको शव फेला परेको हो ।

बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई सुरक्षित गरेर खन्ने काम गरिरहेको छ ।

चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलीघर विराटनगर आएकी थिइन् ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका प्रहरीको छ ।

प्रवक्ता जोशीका अनुसार भारतबाट छोरी लिएर आएकी आमा एक्लै फर्किएकी थिइन् ।

छोरी लिएर माइत आएकी उनी एक्लै फर्किएको सूचना प्रहरीलाई पुगेको थियो ।

प्रहरीका अनुसार बालिकाको हत्या मावली घरमा भएको आशंकामा सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।

आमा र उनका बुबालाई भारतबाट आउन खबर गरिएको छ ।

प्रहरीले घटनामा आमा र बुबासहितको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

भारतमै बालिका प्रेम सम्बन्धमा परेपछि नेपाल ल्याइएको हो ।

प्रकाशित समय: शुक्रबार १८ माघ, २०८१, १६:५०:५६
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०