धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट मेडिकल सञ्चालक श्रेष्ठ दम्पतीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मेडिकल सञ्चालक धरान–३ गौधाराका ४१ वर्षीय सुरज वनेम र ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरेको हो ।
सोमबार राति मेडिकल पसलमा लागुऔषध बिक्री गरेको विशेष सूचनाको आधारमा उनीहरूको पसलमा खानतलासी गर्दा कार्टुनमा लुकाएर राखेको अवस्थामा लागुऔषध भेटिएको थियो ।
ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजार ९ सय ३० ट्याब्लेटसहित श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुनसरी, धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
केही महिना अघि पनि प्रहरीले मेडिकलबाट अवैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा धरान ८ को २ वटा मेडिकलमा अनुसन्धान गरी मुद्दा चलाएको थियो ।