धरानमा खुकुरी हानाहान : २१ वर्षीय युवक गम्भीर घाइते, एक महिलासहित पाँच जना समातिए

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
२ वर्षअघि

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा शनिबार राति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

खुकुरी हानेर स्थानीय २१ वर्षीय रिजन राईलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा धरान १३ का १८ वर्षीय उत्सव मगर, धरान १३ कै २१ बर्षीया विश्रान्ती मगर, २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र २१ वर्षीय सुदिप तामाङ रहेका छन् ।

शनिबार बिहान सदन रोडमा राई बाटोमा लडिरहेको अवस्थामा छ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट प्रहरी सहायक निरीक्षक हरिनारायण राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले राईलाई टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिनामा काटिएको, तत्काल बोल्न नसक्ने अवस्थामा फेला पारेको थियो ।

घाइतेलाई तत्काल उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको सुनसरी प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान तथा मातहतका कार्यालयहरू समेतबाट प्रहरी परिचालन भई खोजतलास गर्ने क्रममा प्र १-०२-०५२ प ८९८५ नं को स्कुटर सहित धरानका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनका म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०