जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंटौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement

आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो ।

साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

३१ जिल्लामा जीवन विकास

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो ।

लघुवित्त कार्यक्रम विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको हो । जीवन विकासको शाखा संख्या १६० वटा छन् ।

१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

जीवन विकासले अन्य बैंक सहर नै आफ्ना सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैंक भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौं, गाउँगाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’

नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ ।

लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारणसभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तका लागि विभिन्न अवरोध सृजना भइरहेको बताए ।

असहज परिस्थीतिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए ।

‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने,‘केही समूह तथा व्यक्तिहरुले लघुवित्त वित्तीय संस्थाहरु विरोधी गतिविधि संचालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, सोझासिधा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’

आर्थिक क्षेत्रको अवस्था क्रमिक रूपमा सुधार हुने बताउँदै उनले भने,‘विषम परिस्थितिमा पनि सबै कर्मचारीहरुको अथक परिश्रमबाट चुनौतीहरुलाई अवसरका रूपमा परिणत गर्दै विपन्न तथा असहाय परिवारलाई आयमुलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरु प्रभावकारी भएका छन् ।’

‘लघुवित्तमाथि प्रहार भइरहेको छ : मण्डल

जीवन विकासको साधारणसभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन् ।

व्यवस्थीत रुपमा सञ्चालन भइरहेका लघुवित्तलाई धरासायी बनाउनका लागि योजनावद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् ।

विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ ।

लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाले विचलित नभइ सेवा प्रहाव गर्न लघुवित्तलाई आग्रह गरे ।

जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए ।

उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थीत रुपमा सदस्यहरुलाई सेवा प्रवाहमा केन्द्रीत हुन आग्रह गरे

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०