ग्रामथानमा माटो उत्खननले निम्त्याएको ‘टकराव’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचत अध्यक्ष नमोनारायण माझीले आफ्नो जानकारीबिना प्रमुख प्रशासकीय अधिकृतले पत्र पठाएको आरोप लगाएका छन् ।

ग्रामथान–२ मा माटो उत्खनन् भइरहेको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले प्रहरीलाई चिठ्ठी पठाएको बताएका हुन् ।

ग्रामथान–२ का विभिन्न नहर, सडकलगायत सार्वजनिकस्थलबाट अवै रूपमा माटो उत्खनन् भइरहेकाले रोकिदिन माग गर्दै प्रशासकीय अधिकृतले प्रहरी कार्यालय झोराहाटलाई पत्र पठाएका थिए ।

पुस ८ गते अधिकृत पौडेलले उक्त पत्र पठाएका थिए । ग्रामथान–१ र २ को सीमानामा भइरहेको उत्खननको पालिका उपाध्यक्ष गुणावतीदेवी थारू, वडाध्यक्ष र अरू जनप्रतिनिधिसमेतको टोलीले अनुगमन गरेको थियो ।

अनुमगनपछि पनि उत्खनन् कार्य नरोकिएका कारण अधिकृत पौडेलले प्रहरीलाई पत्राचार गरेका थिए ।

त्यसको तीन दिनपछि अर्थात् पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै कारण पेश गर्न प्रशासकीय अधिकृतलाई स्पष्टीकरण पत्र लेखेका थिए ।

आफू काठमाडौं गएका बेला सुटुक्क प्रहरीलाई पत्राचार गरेको आरोप अध्यक्ष माझीको छ ।

अध्यक्ष माझीले नहर बिगार्नेगरी खनेका कारण उक्त उत्खननको काम रोक्नुपर्न विषयमा आफू सकारात्मक रहेको बताए ।

तथापि, अनुमगनमै नगएका व्यक्तिले आफ्नो अनुपस्थितिमा प्रहरीलाई पत्राचार गर्नु र त्यसबारे आफूलाई प्रतिवेदन वा जानकारी पनि नदिएका कारण स्पष्टीकरण सोधिएको उल्लेख गरे ।

कर्मचारीलाई कारबाही गर्ने विषयमा भने स्पष्टीकरणको जबाफ आएपछि कमद चाल्ने उनको भनाइ छ । साथै, उनले उपाध्यक्षसँग आफ्नो कुनै टसल नरहेको बताउँदै मिलेर काम गर्नुपर्ने औंल्याए ।

अध्यक्ष माझीले माटो उत्खनन् अवैध नभएको खण्डमा त्यसले नियमतिता पाउने भए पनि नहर भत्काएर किसानलाई क्षति पुर्‍याउने काम गर्न नदिने पनि बताए ।

प्रकाशित समय: मङ्गलबार १६ पुस, २०८१, १२:४६:४१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
७ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०