१०० वर्ष बाँचेर बितेका जिमी कार्टर बने लामो समय जिउने राष्ट्रपति, गरेका थिए तीनपटक नेपाल भ्रमण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको आइतबार दिउँसो १०० वर्षको उमेरमा निधन भएको छ ।

देशको ३९औँ राष्ट्रपति बनेका उनी सबैभन्दा लामो समय जिउने राष्ट्रपतिहरूमध्ये हुन् ।

Advertisement

सन् १९७७ मा डेमोक्र्याटिक दलका तर्फबाट चुनाव जित्दै राष्ट्रपति बनेका उनी एक कार्यकाल मात्र ह्वाइटहाउसमा रहन सकेका थिए ।

सन् १९८० को चुनावमा भने रिपब्लिकन दलका रोनल्ड रेगनसँग उनी सहजै पराजित भए ।

उनका उपलब्धिमध्येमा ’क्याम्प डेभिड’ सम्झौतालाई एउटा मुख्य मानिन्छ, जसका कारण पहिलोपटक इजिप्टले इजरेललाई मान्यता दिएको थियो ।

तर, उनको राष्ट्रपतिकाल तेहरानमा अमेरिकी कूटनीतिज्ञहरूलाई १२ महिनासम्म बन्धक बनाएर भएको ’इरान होस्टेज क्राइसिस’का साथै त्यस बेला देशभित्रै संकटग्रस्त बनेको अर्थतन्त्रको छायामा पर्ने गर्छ ।

अमेरिकी राज्य जोर्जामा बदाम कृषक परिवारका उनी राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पदबाट हटेपछि पनि अन्तर्राष्ट्रिय रूपमा राजनेताको पहिचान बनाएका उनी मानवाधिकार र सामाजिक न्यायका अभियन्ता थिए ।

उनको संस्था कार्टर सेन्टरले नेपालमा पनि केही गतिविधि सञ्चालन गरेको थियो ।

सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया जारी रहँदा उनी काठमाडौं आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि सन् २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए ।

सन् २०१५ मा शारिरिक रूपमा अस्वस्थ भए पनि अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपाल आउने मनसाय ब्यक्त गरेका थिए ।

चिकित्सकहरूले उनको मस्तिष्क र कलेजोमा देखिएको क्यान्सर उपचार गरिरहँदा झण्डै ८ हजार माइलको यात्रा तय गरेर नेपाल आउने उनले योजना सुनाए ।

नेपालमा उक्त समयमा ह्याबिट्याट फर ह्युम्यानिटीले चितवनमा घरहरु बनाउने कार्यक्रम थियो ।

उनी त्यसलाई एक अवसर मानेर नेपाल भ्रमण गर्न चाहन्थे तर त्यो समयमा नेपालमा संविधान जारी भएको थियो र भारतको नाकाबन्दी थियो ।

यस्तोमा उनको चाहनाबीच नेपालको संकटलाई मध्यनजर गर्दै उनको भ्रमण रद्द गरियो ।

उनले पछिल्लो पटक आउन खोजेको यो यात्राले पनि उनी नेपालप्रति कति लगाव राख्थे भन्ने बुझिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

सोमबार २६ असोज, २०८३
१ दिनअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१ दिनअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
१ दिनअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
२ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
२ दिनअघि
चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
मङ्गलबार २७ असोज, २०८३
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०