विराटनगर । ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्याउने जिम्मा तिमीलाई दिइयोस् । अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ । तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु ।’
दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा यस्तै भिडिओ राखेका थिए– बाजुराको बडिमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्म खत्रीले । दुर्भाग्य ! उनै खत्रीको बिहीबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
उनी एक कुशल स्वास्थ्यकर्मी पनि थिए । बडिमालिका–७ चुथीस्थित मार्तडी स्वास्थ्य चौकीमा अधिकृत छैटौं तहको जनस्वस्थ्य निरीक्षका रूपमा उनी कार्यरत थिए ।