विराटनगर । दुवै हात र खुट्टा बाँधेर मोरङ जहदा गाउँपालिका-३ की २२ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका २ का २० वर्षीय महमद रमजान, सोही ठाउँका १९ वर्षीय सुनिलकुमार साह र भारत बिहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पञ्चायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् ।
मोरङ प्रहरीले पक्राउ परेका तीन जनाविरुद्ध तीनवटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।
उनीहरूविरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालिएको हो ।
पुस ९ गते दिउँसो अन्दाजी १२ः५० बजे ती महिलामाथि पक्राउ परेका तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछि स्थित बाँसघारी नजिक खेतमा सामुहिक बत्लकार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेपछि दुवै हात र खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्ध चेत अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि स्थानीयले ती महिलालाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मोरङबाट गएको प्रहरी टोली पुगेर तत्काल उद्धार गरेर विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धानको क्रममा ९ पुसमा बिहान अन्दाजी ०४ः३० बजेको समयमा ती महिला जहदा गाउँपालिका ३ स्थित घरपछाडि रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् ।
‘त्यसपछि पक्राउ परेका तीन जना आएर पछडीबाट मुख छोपेर हामीसंग जाऊँ भनी सिटी सफारीमा राखेर घरबाट अन्दाजी ३ किलोमिटर उत्तर पूर्व बाँसघारीमा लगि जवरजस्ती करणी गरेको पाइएको छ ।
करणी गरेपछि कालो सारीको कपडाले हात र खुट्टा बाँधेर मुखमा समेत कपडा कोचेर सोही अवस्थामा छोडी फरार भएको पीडितसँगको प्रारम्भिक बयान क्रममबाट खुलेको प्रहरीले जनाएको छ ।