जहदाकी महिलामाथि सामूहिक बलात्कारको आशंकामा तीन जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङ जहदा गाउँपालिकाकी २२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा स्थायी घर भएका १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।

उनीहरूलाई मंगलबार नै गिरफ्तार गरिएको हो । तथापि, मोरङ प्रहरीले पक्राउ परेका व्यक्तिको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।

ती युवतीको गम्भीर अवस्थामा मंगलबार बिहान जहदा गाउँपालिका-३ बाँसघारीबाट उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।

हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी उनलाई आफन्त र प्रहरीको सहयोगमा उपचार
गरिएको थियो ।

मंगलबार बिहान मर्निङवाक जान्छु भनेर घरबाट हिँडेकी उनी केही घण्टापछि बाँसघारीमा हातखुट्टा बाँधिएको र अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।

उनको मुखका उनले ओढेको सल कोचिएको थियो ।

पराल लिन गएकी एक जना महिलाले देखेपछि प्रहरीसँग घटनाको जानकारी आएको थियो ।

प्रहरीले पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठाएको थियो । अस्पतालमा मोरङ प्रहरी प्रमुख नारायण चिमरियासहितको टोलीले भेटेर ती महिलाबाट ‘क्लु’ लिएको थियो ।

त्यसैको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

ती महिलाले लगाएको कपडा च्यातिएका छन् भने शरिरका केही भागमा निलडाम पनि छन् ।

उनीमाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी भएको आशंका आफन्त र प्रहरीको छ ।

प्रहरीका अनुसार महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

तर मेडिकल परीक्षणपछि मात्रै सो विषयमा स्पष्ट खुल्ने भन्दै प्रहरीले अहिले थप के भएको हो भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

कसैले नदेख्ने ठाउँमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको हुनसक्ने उनकी दिदीको आशंका छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०