बर्दिया । बर्दियामा ७१ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा ६४ वर्षका पुरुषलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालत बर्दियाले मधुवन नगरपालिका-४ का ६४ वर्षीय मंगाराम थारूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो
जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको सोमबारको इजालसले कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख ५० रुपैयाँ जरिबाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
महिलालाई ०८० जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो ।
थारूलाई प्रहरीले जेठ १३ गते पक्राउ गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।