विराटनगर । धनकुटामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका- ३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका- ७ गैरीटोलका २१ वर्षीय लीलाबहादुर विश्वकर्मा छन् ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लीलाबहादुरले ती बालिकालाई सोमबार राति आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।