रंगेलीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र बन्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ दर्बेसामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपद् केन्द्र) निर्माण गरिने भएको छ ।

मोरङका धनपालथान, कानेपोखरी गाउँपालिका र रङ्गेली र सुनवर्षी नगरपालिका क्षेत्रलाई लक्षित गर्दै विपद व्यवस्थापनका लागि एकीकृत रूपमा विपद् व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको हो ।

केन्द्रको मुख्य भवनको जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा ठाकुुर, रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप अग्रवाल, सुनवर्षीे नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

रंगेली नगरपालिकाकी उप प्रमुख भुमा पराजुलीले रङ्गेली नगरपालिकालाई केन्द्र बनाई चारै पालिकामा हुने विपद् नियन्त्रणका लागि केन्द्रको स्थापना गर्न लागिएको बताइन् ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि करिब एक वर्ष अघि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेर त्रिपक्षीय सम्झौता भएको थियो ।

केन्द्र निर्माणका लागि रंगेली नगरपालिकाले १२ कट्ठा जग्गा उपलब्ध गराएको छ ।

अत्यावश्यक सेवा केन्द्रमा चारवटै पालिकाका वारुणयन्त्र, आवश्यक पानीको भण्डारण,अग्निनियन्त्रक जनशक्ति, उपकरण र विपद व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरू तारजाली, ढुङ्गा, गाडी, बाढीमा बगेकालाई उद्दार गर्न बोटिङको प्रबन्ध गरिनेछ ।

रङ्गेली नगरपालिकाका नगर प्रमुख दिलीपकुमार अग्रवालका अनुसार प्रदेश सहयोग कार्यक्रमअन्तर्गत २ करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाले १ करोड ८५ लाख रुपैयाँ निर्माणका लागि लगानी गर्ने सहमति भएको छ ।

२०८१ को जेठ २८ गते ब्राइट बुल निर्माण सेवासँग निर्माणको सम्झौता भएपनि ६ महिनापछि भवनको शिलान्यास भएको छ ।

मूल्य अभिवृद्धि करसहित ९ करोड ३३ लाख ८१ हजार ५५५ रुपियाँ ११ पैसामा निर्माण हुने विपद् केन्द्रको पुरै संरचना निर्माणको काम २०८२ को पुस ३० गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, ०७:०९:४०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०