बादल जस्ताे उडिदिउँ,अनि घामलाई छेकिदिउँ ।
यस्ताे लाग्छ, मसँगै उडेका पन्छीकाे प्वाँख चाेरिदिउँ ।।
लजालु पनि छु, कठाेर पनि हुँला, म के कम छु ?
तिम्राे वैंशालु जाेवनभन्दा , विल्कुल थाेरै छु ।।
एउटा सुनाैलाे पत्र लेखें, शीत परेकाे बिहानीमा,
हावासँगै नाँच्ने पातजस्ताे, खुशी थिएँ जिन्दगीमा ।
प्रेमकाे उपकार तिमीबाट बढी खाेज्ने कठाेरै छु,
तिम्राे वैंशालु जाेवनभन्दा विल्कुल थाेरै छु ।।
धूलाे जस्ताे, म घुमुँ, वा बादल जस्ताे उडिदिँउ,
तिमीबाहेक कसैकाे मन कहिल्यै म नचाेरिदिउँ,
मूर्तिमाथि पर्सिएकाे फूल र मूर्ति, खेल जाेरकाे छु,
तिम्राे वैंशालु जाेवनभन्दा विल्कुल थाैरै छु ।।