बालिका बलात्कार आरोपमा एमाले नेता तथा बिर्तामोडका पूर्वमेयर पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ मङ्सिर, २०८१
१ वर्षअघि

झापा । झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई सोमबार (आज) प्रहरीले पक्राउ गरेको हो ।

झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती बालिकालाई घरको काम गरिदिने र पढाइदिने शर्तमा घरेलु कामदारका रूपमा राखिएको खुलेको छ ।

बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ ।

बालिकालाई कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत लैजान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो ।

बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार पीडित बालिकाका बुवा छैनन् भने आमा भारतमा छिन् ।

आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए ।

उनी प्राविधिक विषय पढिरहेकी थिइन् ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित समय: सोमबार २४ मङ्सिर, २०८१, २०:१३:१९
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०