अमेरिकी दूतावास युवा परिषद्का लागि खुल्यो आवेदन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी दूतावास युवा परिषद्को २०२५ समूहका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ ।

अमेरिकी दूतावास युवा परिषद्का लागि अन्तिम म्याद पुस ३ गतेसम्म तोकिएको छ ।

Advertisement

अमेरिकी दूतावास युवा परिषद् नेपालस्थित अमेरिकी दूतावासको विकास र व्यक्तिमा नीहित सम्भावित दक्षताको विकास गर्ने कार्यक्रम हो ।

यसले परिषद्का सदस्यहरुलाई आफ्नो समुदायहरूमा रहेका मुद्दाहरूलाई समाधान गर्न उनीहरूको नेतृत्व क्षमतामा विकास गरेर मद्दत गर्दछ ।

सदस्य रहेको अवधिसम्म, परिषद्का सदस्यहरू समाजका विभिन्न सञ्जालहरूअन्तर्गत रहेर विभिन्न किसिमका काम गर्ने अवसरहरूमा संलग्न हुनेछन् ।

सामुदायिक परियोजनाहरूमा योगदान गर्नुका साथै मुख्य रणनीतिक कार्यक्रमहरूमा भाग लिनेछन् ।

१३ वर्षको विरासत बोकेको र ६५० भन्दा बढी सदस्यहरू समाविष्ट रहेको युवा परिषद्को एलुम्नी समुदायले विभिन्न सामुदायिक परियोजनामार्फत सकारात्मक परिवर्तनतर्फ महत्वपूर्ण योगदान गरेको छ ।

युवा परिषद्को कार्यक्रम नेपाली युवा र दूतावासबीच अर्थपूर्ण संवादलाई अगाडि बढाउन दत्तचित्त छ ।

यसको उद्देश्य नेपाली युवाहरूले सामना गर्ने चुनौतीहरूको पहिचान र सम्बोधन गर्नुका साथै समुदायले गरेका पहलहरू र नागरिक समाजमा हुने विभिन्न खालका क्रियाकलापमा बढी भन्दा बढी संलग्न हुनको लागि प्रोत्साहित गर्नु हो ।

युथ इनोभेशन ल्याबको व्यवस्थापन अन्तर्गत युवा परिषद्ले नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, र जातीय विविधता सहितको पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पारदर्शिपूर्ण प्रक्रियामार्फत छानिएका २० देखि ३० वर्ष उमेरका ५० देखि ५५ नेपाली युवाहरूको समूहलाई एकै ठाउँमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको छ ।

युवा परिषद् २०२५ ले विद्यार्थी, पेशागत व्यवसायी, विशेषज्ञहरू, समाज र पेशागत समूहका प्रभावशाली नेताहरू, पेशागत युवाहरू, राजनीतिज्ञहरू, विद्धानहरू, अभियन्ताहरू र आफ्नो समुदायमा सक्रिय रूपमा कार्यरत व्यक्तिहरू र समाजमा महत्वपूर्ण तथा अर्थपूर्ण प्रभाव पार्न सक्ने वा चाहने युवाहरूलाई भाग लिनको लागि स्वागत गर्दछ ।

युवा परिषद्ले LGBTQI+, सीमान्तकृत समुदायहरू, अपांगता भएका व्यक्तिहरू, र धार्मिक तथा जातीय अल्पसंख्यक समुदायहरूका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गर्दछ ।

वेबसाइट https://usycn.org/ मा गएर आवेदन फर्म भरि आवेदन दिन सकिने छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०