दुहबीको सरस्वती स्कुलमा सरस्वती मन्दिरको नयाँ भवन शिलान्यास

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ मङ्सिर, २०८१
२ वर्षअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिका-५ मा रहेको सरस्वती माविको प्रांगणमा जीर्ण अवस्थामा रहेको सरस्वती माताको मन्दिरलाई स्थानान्तर गरी नयाँ मन्दिर निर्माणका लागि शिलान्यास गरिएको छ।

नगर प्रमुख वेदनारायण गच्छादारले बुधबार बिहान धार्मिक अनुष्ठानका साथ पूजा-अर्चना गरी मन्दिरको शिलान्यास गरेका हुन् ।

Advertisement

पूर्वविद्यार्थी समाज एसएलसी ब्याच २०६० का अध्यक्ष सुदर्शन भट्टराइको अध्यक्षता र दुहबी नगर प्रमुख गच्छादारको प्रमुख आतिथ्यतामा शिल्यान्यस कार्यक्रम आयोजना गरिएको थियो ।

जसमा पूर्वविद्यार्थीहरू शंकर थापा, जीवन थापा, ओमप्रकाश रौनियार, रमेश रौनियार, शंकर बस्नेत, पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमनारायण चौधरी र विर्तमान विद्यालय व्यस्थापन समितिका अध्यक्ष ब्रह्मप्रकाश रौनियार, शिक्षकहरू दुखाराम खाँलगायतको उपस्थिति रहेको थियो।

पूर्वविद्यार्थी समाजका अध्यक्ष र सचिव सतिसकुमार चौधरी, दिवेश चौधरी, हेमनारायण माझीलगायतको अगुवाइमा उक्त मन्दिर बन्न लागेको हो ।

अनुमानित लागत १४ लाख ५६ हजार रहेको उक्त मन्दिर निर्माणका लागि पूर्वविद्यार्थीहरूले चन्दा संकलन गरी स्रोत जुटाएका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गच्छादारले सरस्वती माताको मन्दिर निर्माण गर्ने महान् हातहरूलाई धन्यवाद दिएका छन् ।

उनले सरस्वती माविमा बहुमुखी क्याम्पस सञ्चालनको प्रक्रिया तीव्र रूपमा अगाडि बढेको र केही प्रसंगगत कुरा बाँकी रहेको हुँदा आगामी शैक्षिक सत्रदेखि व्यवस्थापन र शिक्षा संकाय अध्यापन हुने बताए ।

साथै, रमपम फ्याक्ट्रीअगाडि पूर्वाञ्चल विश्वविद्यालयको आंगिक-प्राविधिक शिक्षालयसमेत सञ्चालनमा ल्याउने तयारी रहेको जनाए ।

प्रत्येक वर्ष १५ लाख बालबालिका विद्यालय भर्ना हुने तर एसइईसम्म पुग्दा पाँच लाख सहभागी देखिने अनि १० लाख बालबालिका खोइ ? भन्ने प्रश्न गर्दै यी बालबालिका खोज्न स्थानीय सरकार एक्लैले सम्भव नहुने बताए ।

यसमा तीनै तहका सरकारले सक्रियता देखाउन आवश्यक रहेको उनले जनाए ।

यसैगरी, उनले सरस्वती मन्दिर निर्माणमा नगरपालिकाको साथ रहने प्रतिबद्धता प्रकट गरे ।

आज अन्तर्रास्ट्रिय बालदिवस परेको अवसरमा बालबालिकाले आफ्नो पढाईलाई महत्व दिँदै भविष्यको राष्ट्र निर्माण अभियानमा सहभागी भएर विश्वको टपटेन धनी देश नेपाल बनाउन सकून् भन्ने उनले बालबालिकाप्रति शुभेक्षा प्रकट गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०