विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ स्थित हेरिटेज इन्टरनेसनल स्कुलमा करातेको बेल्ट अपग्रेड र दीक्षान्त समारोहमा विभिन्न विधामा २० जना विद्यार्थी दीक्षित भएका छन् ।
शनिबार हेरिटेज स्कुलको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै स्कुलले विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
स्कुलका निर्देशक अमिश रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्वागत मन्तव्य राख्दै प्रिन्सिपल सुशान्त बानियाँले हेरिटेज सधैं विद्यार्थी र अभिभावकलाई सिकाइमा सहजीकरण गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा अतिथिका रूपमा राजेन्द्र बराल, खेलकुद विकास समितिका अध्यक्ष र सितोरियो कराते संघका केन्द्रीय सदस्य धर्म न्यौपानेको उपस्थिति रहेको थियो ।
अतिथिद्वयले विद्यार्थीहरूलाई शुभकामना दिँदै निरन्तर कराते र खेलप्रति अभिप्रेरित रहन प्रोत्साहन गरे ।
कार्यक्रमका सभापति अमिश रेग्मीले धन्यवाद मन्तब्य राख्दै कार्यक्रमले विद्यालय व्यवस्थापनलाई आगामी दिनका लागि थप चुस्त दुरुस्त भई कार्यक्रमहरू सञ्चालन गर्न अभिप्रेरित गरेको बताए ।
कार्यक्रममा प्रशिक्षक सुरज कामत साहिल गिरी र नरेन्द्र शाक्य मोरङ शितोरियो कराते प्रतिनिधित्व गरी ग्रेडिङका निरीक्षणसमेत गरेका थिए ।