बहिनीको पीडा देखेर दोभाषे बनेकी आरती (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ की १९ वर्षीय आरतीकुमारी मण्डल बोल्न र सुन्न सक्छिन् । तर, उनलाई स्टेज कार्यक्रममा सांकेतिक रूपमा काम गरिरहँदा धेरैले बहिरा भनेर ठम्याउँछन् ।

आरतीलाई नचिन्नेहरूले उनीसँग शारीरिक हाउभाउबाटै बोल्न पनि खोज्छन् । तर, तिनीहरूलाई उनी भनिदिन्छिन्, ‘म सुन्न र बोल्न सक्छु ।’ आरती बोलेको देखेर अचम्मित हुन्छन्, तिनीहरू ।

Advertisement

पछिल्लो समय दोभाषे पेसामा जमेर लागेकी आरतीले बोल्न नसक्ने र कान नसुन्ने आफ्नी बहिनीको पीडा देखेर दोभाषे तालिम लिएकी थिइन् ।

बहिनीलाई आफ्ना मनोभाव बुझाउन सकस हुने देखेपछि उनमा तालिम लिएर बहिनीजस्ता थुप्रै बहिराहरूलाई सेवा दिने मनसाय बनेको थियो ।

अहिले दोभाषे पेसामा अब्बल बन्दै गएकी आरतीलाई अहिले सुनसरीका पाँच पालिकामा हुने कार्यक्रमले भ्याइनभ्याइ छ ।

कार्यक्रममा अरू वक्ताले बोलिरहँदा उनहरूको अभिव्यक्ति बुझाउन शारीरिक हाउभाउ गरेर उपस्थित श्रवणशक्ति कमजोर भएका व्यक्तिहरूलाई देखाउँछिन्, आरती ।

त्यसबाहेक दुईवटा अस्पतालमा पनि उनले सहजीकरण गर्ने गरेकी छन् । अस्पतालमा बहिरा बिरामी र स्वास्थ्यकर्मीबीचको संवादमा सहज बनाइदिने गरेकी छन्, उनले ।

यसलाई पेसाभन्दा पनि सेवा मान्ने गरेकी आरतीले यो कर्म गर्न थालेको केही समयमात्र भयो । तीन महिने तालिम लिएर सहजकर्ता हुँदै दोभाषेका रूपमा काम थालेकी उनमा अहिले छुट्टै प्रकारको खुसी मिलेको छ ।

‘घरमा हरपल बहिनीको कठिनाइ देख्थेँ । प्राकृतिक रूपमा सांकेतिक बोलिरहेकी बहिनीका कुरा बुझ्न निकै गाह्रो हुन्थ्यो । अनि, उसका कुरा अरूलाई बुझाउने कोही थिएन । उसको चाल देख्दा मलाई निकै असहज भइरहेको थियो । करुणा फाउन्डेसनले दिएको तालिममा सहभागी भएपछि दोभाषे बनेको हुँ,’ शब्द एक्सप्रेससँग उनले भनिन् ।

सुनसरीको हरिनगरबाहेक, कोशी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवानगन्ज गाउँपालिकामा उनले काम गर्ने गरेकी छन् । ‘बहिराहरूका लागि केही गर्न पाएको खुसी लागेको छ,’ उनले थपिन्, ‘हुन त मैले गरेरमात्र केही हुनेवाला छैन । तर, मेरो गाउँका मात्र नभएर मैले काम गर्ने पाँचै पालिकाका बहिराहरूलाई पढ्न र केही गर्न सुझाव दिने गरेकी छु । साथै, सरोकारवालासमक्ष उनीहरूका लागि केही गरिदिन पहल गरेकी छु ।’

कोशी प्रदेश सरकारले प्रत्येक जिल्लामा एक–एक जना दोभाषे नियुक्त गर्ने गरेको छ । सोहीअनुरूप सुनसरीका लागि दोभाषेमा नियुक्त भएकी १९ वर्षीय आरतीले केही महिना सुनसरीका पाँच पालिका सम्हाल्दै आएकी छन् ।

राष्ट्रिय बहिरा महासंघको पैरवीमा गत वैशाखमा नियुक्ति पाएकी आरतीले प्रदेश सरकारबाट तलब पनि पाउँछिन् र कार्यक्रममा सहजीकरण गरिदिएबापत केही पारिश्रमिक पनि पाउँछिन् । यसले आफ्नो घर परिवार चलाउन सहज भएपछि उनी दंगमात्र छैनन्, बहिराहरूको सेवा गर्न पाएकोमा खुसी पनि छन् ।

बोल्न र सुन्न नसक्ने व्यक्तिहरूको जीवनयापनमा सघाउ पुगोस् भन्ने मनसायका साथ दोभाषेको काम गरिरहेकी आरती आफूले सहजीकरण गर्न लागेको कार्यक्रममा सहभागिता जनाउन बहिराहरूलाई अपिल पनि गर्छिन् ।

उनीहरूलाई स्कुल जान, पालिकाले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको सेवा लिन र अस्पतालको पहुँचमा पुर्‍याउन पनि पहल गर्छिन्, उनी ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०