विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की विराटनगर-१ शान्ति चोकमा मृत फेला परेका हुन् ।
शनिबार राति ८ः१० बजेतिर कार्कीलाई डेरा बसेको घरको कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत कार्कीकी पत्नी इन्दु थापाले छुट्टी भएर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको थाहा पाएर प्रहरीलाई खबर गरेकी थिइन् ।
त्यसलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले घटनास्थल पुगी ढोका फुटाएर हेरेको थियो ।
अब अनुसन्धानपछि घटनाको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।