लेटाङ : अज्ञात समूहले काटेर घाइते भएँ भन्दै ढाँटे सफारी चालकले, अनुसन्धानमा खुल्यो राज !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी सफारी चालकले आफूलाई अज्ञात समूहले काटेर घाइते बनाएको भन्दै ढाँटेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीको टोलीले थालेको अनुसन्धानमा उक्त राज बाहिरिएको हो ।

शुक्रबार बेलुका ८ः३० बजेतिर लेटाङ-२ परीटोल बस्ने ५२ वर्षीय मानहादुर राईलाई नजिकैको चिसाङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोमा आएका तीन/चार जनाको समूहले धारिलो हतियारले दुवै हात, मुख र कुममा काटी फरार भएको बताएका थिए ।

गम्भीर घाइते बनेका उनको शुभकामना मेडिकल लेटाङमा उपचार भइरहेको थियो । उक्त कुराको जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पछि उनलाई थप उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएको थियो ।

घटनास्थलको सुक्ष्म अध्ययन, स्थानीयहरूसँगको सोधपुछलगायत प्रारम्भिक अनुसन्धानबाट उनले जाहेर गरेअनुसार धारिलो हतियार प्रहार गरी घाइते बनाएको नभई दुर्घटनामा परेको खुलेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लेटाङ-१ कात्तिके बस्ने २० वर्षीय नगेन्द्र लिम्बुले चलाएर ल्याएको रघु ग्रिल
उद्योगले प्रयोग गर्दै आएको को १ ह ५४१७ नम्बरको सिटी सफारीले ठक्कर दिई फरार भएको खुलेको हो ।

शनिबार (हिजो) उक्त सिटी र सिटी चालक नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले
सिटी सफारीको बाँयातर्फ रहेको फलामको भागमा धसारिएको तथा ठोक्किएर दुर्घट्ना भएको स्वीकार
गरेका थिए ।

उक्त समयमा सिटी सफारिमा सवार (रघु ग्रिल उद्योगमा काम गर्ने) जिल्ला बारा कलैया-८ बस्ने २१ वर्षीय अरबाज अन्सारी र सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २३ वर्षीय पर्शुराम विकले पनि सोधपुछको क्रममा दुर्घटना भएको भन्ने स्वीकार गरेका थिए ।

दुर्घटनाबारे सफारी चालकले किन ढाँटे वा होसमा थिएनन् कि भन्नेबारे प्रहरीले अनुसन्धान गरिररहेको छ ।

प्रकाशित समय: आईतबार ११ कार्तिक, २०८१, ०६:२७:०३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०