विराटनगरमा छन् पाँच चार्जिङ स्टेसन : निजीमा दोब्बर महसुल, सरकारीमा समस्यै समस्या !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विद्युतीय सवारीसाधनमा आकर्षण बढिरहँदा चार्जिङ स्टेसन थपिने क्रम पनि उत्तिकै बढेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा अहिले पाँचवटा चार्जिङ स्टेसन छन् भने एउटा निर्माणाधीन अवस्थामा छ । हाल सञ्चालनमा रहेका पाँचमध्ये तीन वटा निजी क्षेत्रले चलाउँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण, विराटनगर केन्द्रअन्तर्गत रहेर चलिरहेका यी चार्जिङ स्टेसनमध्ये एउटा प्राधिकरण स्वयमले चलाइरहेको छ भने अर्को एउटा प्रदेश सरकारमातहतमा छ ।

विराटनगर महानगरपालिका–१२ बसपार्कमा प्राधिकरणले १८० केभिए क्षमताको चार्जिङ स्टेसन चलाउँदै आएको छ ।

त्यसैगरी, विराटनगर–२ प्रशासन चोकमा कोशी प्रदेश खानेपानी, उर्जा तथा सिचाइँ मन्त्रालयले बनाएको सय केभिए क्षमताको स्टेसन पनि चालू अवस्थामा छ ।

तर, दुवै स्टेसनमा चार्जिङ पोर्ट बिग्रँदा चालकहरू मर्कामा छन् ।

निजी क्षेत्रबाट सञ्चालित स्टेसनमा महसुल बढी भएका कारण घण्टौं लाइन लागेर आफ्ना सवारी चार्ज गर्ने बाध्यता उनीहरूमा छ ।

लामो समयदेखि उक्त पोर्ट बिग्रिएको भए पनि प्राधिकरणले चासो नदिँदा आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ ।

‘डेढदेखि दुई महिना भयो होला, चार्जिङ पोर्ट बिग्रिएको । तर पनि प्राधिकरणले चासो दिएको छैन,’ इभी चालक एमडी समिम भन्छन्, ‘एउटा मात्र पोर्टले काम गर्ने हुँदा हामीले प्यासेन्जर छोडेर लाइनमा बस्नुपर्ने बाध्यता छ ।’

यस्तै, चालक मोहम्मद नाइम विद्युतीय साधनहरू बढेर गए पनि चार्जिङ स्टेसनको संख्या नबढेको गुनासो गर्छन् ।

यसैगरी, अर्का चालक दिनेश चौधरी भने साथै प्राधिकरणमातहतमा रहेका स्टेसनको तुलनामा निजी क्षेत्रबाट सञ्चालित स्टेसनमा दोब्बर शुल्क तिर्नुपर्ने दुखेसो गर्छन् ।

यस्तैखाले गुनासो छ, चालक हरिओम साहको पनि । विद्युत् महसुलको रकममा एकरूपता नभएका कारण प्राधिकरणकै स्टेसनमा लाइन लाग्न विवश भएको उनको भनाइ छ ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८०–८१ मा पाँच वटा विद्युतीय साधनका चार्जिङ स्टेसन छन् ।

बसपार्क र प्रशासन चोकबाहेक विराटनगरमा अरू तीन वटा चार्जिङ स्टेसन निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका छन् भने एयरपोर्ट मोर्डमा एउटा स्टेसन निर्माणाधीन अवस्थामा छन् ।

विराटनगर–२ बरगाछीमा सुपरियर मोटरले चार्जिङ स्टेसन चलाउँदै आएको छ भने विराटनगर–३ कञ्चनबारीमा जिभाह इन्टरनेसनलले ७५ केभिए क्षमताको स्टेसन सञ्चालन गरिरहेको छ ।

विराटनगर–२ श्याम मन्दिरनजिक श्याम पावर हबले ७५ केभिए क्षमताको र विराटनगर–४ बरगाछीमा श्रिजा अटोमोबाइल्सले ४० केभिए क्षमताको चार्जिङ स्टेसन चलाउँदै आएका छन् ।

अहिले पिक, अफ पिक र अन्य समयमा भोल्टेजको हिसावले प्राधिकरणले महसुल तोकेको छ ।

प्राधिकरणको विद्युत् महसुल संकलन विनियामवली–२०७८ अनुसार चार्जिङ स्टेसनमा इभी चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसासम्म तिर्नुपर्ने हुन्छ ।

तर, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनमा प्रति युनिट १५ रुपैयाँसम्म महसुल लिने गरेका छन् । यसरी निजी चार्जिङ स्टेसनले आफूखुसी महँगो शुल्क लिइरहँदा सरोकारवाला निकायले अनगुमनसमेत गर्न सकेको छैन ।

यता, प्राधिकरणले भने चार्जिङ पोर्टमा आएको समस्याबारे आफूहरूलाई जानकारी नभएको बताएको छ । चाँडै नै उक्त पोर्ट बनाउने प्रतिबद्धता प्राधिकरणको छ ।

साथै, निजीहरूले चर्को शुल्क लिइरहेको गुनासो आए पनि अनुगमन गर्न नसकिएको विद्युत् प्राधिकरण वितरण केन्द्र विराटनगरका सूचना अधिकारी राजेश चौधरी स्वीकार्छन् ।

‘चार्जिङ पोर्ट बिग्रिएको विषय हामीमाझ आएको छैन,’ उनी भन्छन्, ‘अब सुन्यौं, चाँडै नै समाधान गर्छौं । महसुल भने समयका आधारमा भिन्नाभिन्नै हुन सक्छ । तर, केही गुनासा यहाँ पनि छ । अनुगमन गर्न सकिएको छैन । अनुगमनतिर पनि ध्यान दिन्छौं ।’

यसैगरी, विराटनगर–२ श्याम मन्दिरनजिक श्याम पावर हबका सञ्चालक कपिल बहेती आफूहरूले साढे १३ रुपैयाँ प्रतियुनिट महसुल लिएको बताउँछन् ।

विराटनगरकै अरू चार्जिङ स्टेसनको तुलनामा आफूहरूको शुल्क कम भएको सुनाउँदै उनी भन्छन्, ‘हामीले ठिक्क चार्ज शुल्क लिइरहेका छौं । प्राधिकरणको तुलनामा बढी देखिएको भए पनि अरू चार्जिङ स्टेसनभन्दा सस्तो छ, हाम्रोमा ।

प्रकाशित समय: शनिवार १० कार्तिक, २०८१, १८:५८:५३

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०