श्रीमतीलाई पेट्रोल खन्याएर आगो लगाए, उपचारका क्रममा मृत्यु भएपछि श्रीमान् पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ कार्तिक, २०८१
२ वर्षअघि

उदयपुर । उदयपुरमा श्रीमानले पेट्रोल खन्याएर शरीरमा आगो लगाएकी एक जना महिलाको मृत्यु भएको छ ।

उदयपुर प्रहरीका अनुसार बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्णकुमारीलाई श्रीमान् ४८ वर्षीय दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।

सामान्य घरायसी विवादका कारण श्रीमानले घरको भान्सा कोठामा श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

आगोले शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर अवस्थाकी पूर्णकुमारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

तर, उपचारकै क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईले जानकारी दिए ।

उनका अनुसार शवलाई पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइसकिएको छ ।

श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो लगाउने दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय: मङ्गलबार ६ कार्तिक, २०८१, १४:०२:३९
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०