पहिलोपटक न्युजिल्यान्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ ।

आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो ।

कप्तान लौरी ओलिभर्टले बनाएको २७ रन नै दक्षिण अफ्रिकाका लागि सर्वाधिक रह्यो ।

तज्मिन ब्रिट्सले १७ तथा चालो ट्राइअनले १४ रन थपे ।

न्युजिल्यान्डका अमेलिया केर र रोजमेरी मेरले समान ३ विकेट झारे ।

इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिइन् ।

ब्रुकी हलिडेले ३८ तथा सुजि बेट्सले ३२ रन थपे । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट झारिन् ।

तेस्रो पटक विश्वकपको फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो ।

यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० मा फाइनलमा पुगेको थियो ।

महिला र पुरुष क्रिकेटमा न्युजिल्यान्डको टोलीले एकैदिन ठूलो सफलता दिलाएका छन् ।

न्युजिल्यान्डको पुरुष क्रिकेट टोलीले देशलाई सफलता दिलाएको केही घण्टामा महिला टोलीले पनि उपाधि दिलाउन सफल भएका हुन् ।

तीन टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै १–० को अग्रता बनाएको छ ।

महिला विश्वकपमा दक्षिण अफ्रिका भने दोस्रोपटक पनि उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ ।

अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे ।

यस्तै इंग्ल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे ।

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, ०६:१७:४४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०