बालुवाटारमा ओली र देउवाबीच रवि लामिछानेको विषयमा भयो छलफल ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको थियो ।

साँझ ७ बजे भेटवार्ताको समय तय भएको थियो । आइतबार बसेको केन्द्रीय सचिवालय बैठक छोट्याएर ओली देउवा भेट्न च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

छलफलमा एमालेबाट प्रधानमन्त्री ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन् ।

कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री गगन थापा, रमेश लेखकलगायत छन् ।

एमाले सचिवालय बैठक स्रोतका अनुसार देउवासँग सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेबारे भने छलफल भए-नभएको भन्ने विषय बाहिर आएको छैन ।

तर, देउवासँग भेट्नुअघि भने ओलीले रास्वपाका नेता कार्यकर्ताले अराजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले रास्वपाका नेता कार्यकर्ताले लामिछाने पक्राउ परेपछि सरकार र आफूविरुद्ध तमासा देखाएको भन्दै त्यस्तो तमासा राजनीतिक संस्कार नहुने बताए ।

संसद्को संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको बताउँदै ओलीले लामिछाने दोषी भए-नभए अदालतले फैसला गर्ने बताए ।

तर, रास्वपा कार्यकर्ताहरूले यसरी हुलहुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम नहुने उनको भनाइ छ ।

प्रकाशित समय: आईतबार ४ कार्तिक, २०८१, २१:२१:४९
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०