पाँच दिनभित्र मेसीका दुई ह्याट्रिक, १० मिनेटभित्र गरे तीन गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको ह्याट्रिक गोलको सहायतामा अमेरिकन लिग सकरमा इन्टर मियामीले फराकिलो जित निकालेको छ ।

आइबार बिहान भएको खेलमा मेसीआबद्ध मियामीले घरेलु मैदानमा न्यु इंग्ल्यान्डमाथि ६-२ गोलान्तरको जित निकालेको हो ।

Advertisement

मियामीको जितमा कप्तान मेसीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले दुई तथा बेन्जामिन क्रेमास्कीले एक गोल गरे । न्यु इंग्ल्यान्डका लुका लांगोनी र डिलेन बोरेरोले एक-एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा लांगोनी र ३४औं मिनेटमा बोरेरोले गोल गरेपछि पाहुना टोलीले अग्रता बनाएको थियो ।

खेलको ४०औं र ४३औं मिनेटमा स्वारेजले गोल गरेपछि मियामी बराबरीमा फर्कियो । ५८औं मिनेटमा बेन्जामिनले गोल गरेर मियामीलाई अग्रता दिलाए ।

खेलको ५७औं मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मेसीले १० मिनेटभित्रै ह्याट्रिक पूरा गरे । उनले खेलको ७९, ८१ र ८९ औं मिनेटमा लगातार गोल गरेका थिए ।

३७ वर्षीय मेसीले पाँच दिनभित्र राष्ट्र र क्लबका लागि ह्याट्रिक गोल गरे । यसअघि विश्वकपको दक्षिण अमेरिकी छनोटमा बोलिभियाविरुद्ध उनले ह्याट्रिक गोल गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०