२० वर्षीया मुनाको पतिबाहेक अरू दुई जनासँग सम्बन्ध, एक प्रेमीलाई मार्दा परिन् पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ असोज, २०८१
२ वर्षअघि

झापा । झापाको बाह्रदशी गाउँपालिका-७ की २० वर्षीया मुना मेचे (राजवंशी) संगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश ठाकुरको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् ।

मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए ।

बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको हो ।

यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर गरेकी थिइन् ।

मुनाको भन्दा अलिक टाढा घर भएका गणेश मुनाको घरमा आइसकेर दुवैले राजेशलाई डोरीले बाँधेका थिए ।

एक प्रहरी अधिकारीका अनुसार त्यतिबेलै आइपुगेका मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीले आफूले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको कुरा बयानमा बताएका छन् ।

तर, आवेशमा आएर उनीहरूले राजेशको हत्या गरे ।

मुनाले बिहे गर्नुभन्दा अगाडिदेखि राजेशसँग सम्बन्ध रहेको बताइन्छ । अभय राजवंशीसंगको भागी बिहेपछि त्यो सम्बन्ध टुटेको थियो ।

श्रीमान् अभय विदेश गइसकेपछि अविवाहित देवर गणेश राजवंशीसँग उनको सम्बन्ध शुरुवात भएको अवस्थामा राजेशले पुनः ‘इन्ट्री’ गर्न खोज्दा सो घटना भएको प्रहरी स्रोतको दाबी छ ।

गणेश पक्राउ परेपछि मात्र सबै कुरा खुल्नसक्ने ती प्रहरी अधिकारीले बताए ।

प्रहरीले मुना, मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

तर, गणेशका साथी आशिषलाई प्रहरीले रिहा गरेको बुझिएको छ ।

वैदेशिक रोजगारीका लागि दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

करिब चार महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव हिजो साँझ बिरिङको बगरमा भेटिएको थियो ।

गन्हाएको अवस्थामा उनको शव बिरिङ खोलाको बगरबाट उत्खनन् गरी निकालिएको डीएसपी विष्टले बताए ।

खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडिगलेको अवस्थामा शव फेला परेको थियो।

मृतकको कंकाल परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २२ असोज, २०८१, ०७:३५:३३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०