इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० असोज, २०८१
२ वर्षअघि

इटहरी । बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रहरीसँग मिलेर ३० लाख असुल्ने भिमादेवि थापा पक्राउ परेकी छन् ।

सुनसरीको इटहरी निवासी थापालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले ललितपुर भैसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीसँग मिलेर रकम असुली गरेको प्रहरीको आरोप छ ।

एक व्यवसायीलाई प्रभागकै हिरासतमा थुनामा राखेर ३० लाख असुली गरेको घटना बाहिर आएपछि थापा पक्राउ परेकी हुन् ।

सोही प्रकरणमा यसअघि नै सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको प्रहरीले थापालाई गत बिहीबार पक्राउ गरेको हो ।

व्यापारीले दिएको ३० लाख मध्ये इटहरीकी थापाको खातामा २० लाख जम्मा भएको पाइएको छ ।

भैँसेपाटीमा भेट्न बोलाएको बेला ती व्यापारीलाई प्रभागको प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर युवतीले ६० लाख रुपैयाँ मागेको व्यापारीले बताए ।

पछि ३० लाख रुपैयाँमा सहमति भएपछि ती व्यापारीले फस्न सक्ने डरले पैसा बुझाएको उनले प्रहरीलाई बयान दिएका छन् ।

३० लाख मध्ये २० लाख रुपैयाँ खातामा जम्मा गरेको र १० लाखको चेक दिएका थिए । प्रहरीले चेक समेत बरामद गरेको बताएको छ ।

प्रारम्भिक सोधपुछमै घटना हनीट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुई जनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।

युवतीले लिएको चेक समेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ ।

घटनाका एक योजनाकार फरार छन् । ती व्यक्तिलाई भगाउन समेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ ।

घटनाको विषयमा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको छ ।

हाल प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएपछि उनलाई निलम्बन गरिएको छ ।

प्रकाशित समय: आईतबार २० असोज, २०८१, २१:२४:४२
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०