नयाँ पार्टी खोल्ने ‘जोगी सर’ को संकेत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ असोज, २०८१
२ वर्षअघि

विराटनगर । नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य बन्न सफल योगेन्द्र मण्डल ‘जोगी’ ले नयाँ दल खोल्ने संकेत देखिएको छ ।

पूर्वदल एमाले र कांग्रेसका उम्मेदवारलाई हराउँदै मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव जितेको झन्डै दुई वर्षपछि स्वतन्त्र सांसद उनले नयाँ पार्टी खोल्ने छाँटकाँट देखाएका हुन् ।

‘जोगी सर’ उपनामले परिचित योगेन्द्रले शनिबार दिउँसो आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ दसैं, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखेका थिए ।

संघीय सदनमा स्वतन्त्र सांसदका रूपमा रहनुपर्दा जनताको आशा-अपेक्षा पूरा हुन असहज भएका कारण मण्डलले दलमा समाहित हुनुपर्ने चर्चा उठिरहेको छ ।

मन्त्री बनाइदिनेसम्मका प्रलोभन देखाउँदै विभिन्न दलहरूले पार्टी प्रवेश गर्न आह्वान गरिरहेको भए पनि आफूलाई चुनाव जित्न सघाउने जनताले नै उक्त कुराको निर्क्यौल गर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रममा मण्डलले आफू दल आबद्ध हुने वा नयाँ दल खोल्ने भन्नेबारे संक्षिप्त सर्वेक्षणसमेत गरेका थिए । सर्वेक्षणको नतिजा आत्मसात् गर्ने उनको प्रतिबद्धतासमेत थियो ।

करिब दुई सय नेता-कार्यकर्ता सहभागी कार्यक्रममा उपस्थित अधिकांशले मण्डलले नयाँ पार्टी खोल्नुपर्ने भन्दै लिखित सुझाव दिएका थिए ।

केहीले पुनः एमालेमा फर्किन सुझाव दिँदा केहीले भने स्वतन्त्र सांसदकै रूपमा जनअपेक्षा पूरा गर्न सुझाएका थिए ।

राजनैतिक निर्णय आफ्ना कार्यकर्तामाझ सुम्पिएका उनले उक्त सर्वेक्षणअनुरूप नयाँ दल दर्ता गर्लान् कि भन्ने आँकलन गर्न सकिन्छ ।

‘मैले चुनाव जितेयता नै धेरैले दलविहीन बन्दा संसदमा सशक्त भूमिका नरहने सुझाव दिँदै आउनुभएको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै जोगीले भने, ‘तर मलाई अझै पनि लाग्छ, मैले प्रभावकारी रूपमै आफ्नो भूमिका निभाउँदै आएको छु । तथापि मैले के निर्णय लिनुपर्छ र कुन मितिमा निर्क्यौलमा पुगिसक्नुपर्छ, तपाईंहरू नै सुझाव दिनुस् ।’

आफू आफ्ना लागि नभएर जनतामार्फत् देश विकासका राजनीतिमा आएको सुनाउँदै उनले भने, ‘अब म अहिलेका दलहरूमध्ये एउटा छनोट गरौं वा नयाँ पार्टी निर्माणतर्फ लागौं ? भन्ने विषयमा तपाईंहरूबाटै जबाफ संकलन गरी निष्कर्षमा पुग्छु ।’

करिब २७ वर्षअघि जीवन विकास लघुवित्त वित्तीय संस्था खोलेर संस्थापक अध्यक्ष बनेका मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई समृद्ध बनाउनेगरी नयाँ-नयाँ योजना ल्याउने तरखरमा रहेको सुनाएका थिए ।

जीवन विकासजस्तै नयाँ पब्लिक कम्पनी खोलेर जनतालाई मालिक बनाउने योजना रहेको बताउँदै उनले विभिन्न सामाजिक अभियानहरू चलाउने ध्याउन्नमा आफू रहेको बताए ।

किसानहरूको समस्या समाधान तथा आयआर्जन वृद्धि गर्ने, वातावरणलाई स्वच्छ, हराभरा राख्न वृक्षारोपण र नर्सरीहरू स्थापना गर्ने, दैविक प्रकोप प्रभावितलाई सहयोग गर्ने, शिक्षाको गुणस्तर सुधार्न विद्यालय र स्थानीय निकायसँग समन्वय गर्नेलगायत विविध कार्यक्रम उनले फेहरिस्त लगाए ।

प्रकाशित समय: शनिवार १९ असोज, २०८१, १९:२२:००
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०