घरेलु उद्योग महासंघ मोरङले आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ शाखाले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

महासंघले बिहीबार विराटनगर महानगरपालिका-४ स्थित इन्द्रेणी पार्टी प्यालेसमा वित्तीय जागरूकताको आवश्यकतालाई मध्येनजर गरेर उक्त कार्यक्रम गरेको हो ।

कुमारी बैंकसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मोरङका विभिन्न स्थानका करिब दुई सय लघु, साना तथा मझौला उद्यमीहरूको उपस्थिति रहेको थियो ।

कुमारी बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए भने घरेलु उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय, कोशी प्रदेश अध्यक्ष अञ्जु उपाध्यायहरूको उपस्थिति रहेको थियो ।

लघु उद्यमीहरूले आर्थिक गतिविधि गरिरहँदा भुलबस रूपमा हुने त्रुटीहरूबारे यथोचित जानकारी दिने लक्ष्यका साथ उक्त कार्यक्रम गरिएको घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवम् उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने प्रयासस्वरूप कार्यक्रम गरिएको उनको भनाइ छ ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकाससहित सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्नेगरी उद्यमीहरूलाई सिकाइएको थियो ।

उनीहरूलाई बैंकिङ कारोबारमा बानी बसाल्नसमेत आग्रह गरिएको थियो ।

प्रकाशित समय: बिहिबार १७ असोज, २०८१, २०:४९:५९
छोरा भेट्न अस्ट्रेलिया पुगेकी महिलाको सिड्नी विमानस्थलमै निधन
आईतबार १० जेठ, २०८३
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
आईतबार १० जेठ, २०८३
डा.ल्हारक्याल लामा‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित
आईतबार १० जेठ, २०८३
धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु
आईतबार १० जेठ, २०८३
फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०