अल नासर दोस्रो स्थानमा उक्लियो, रोनाल्डोको ९०३औं गोल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
२ वर्षअघि

विराटनगर । नयाँ सिजनको साउदी प्रो लिगमा अल नासरले अल वेदामाथि सहज जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा नासरले वेदालाई २-० गोलले हराएको हो ।

नासरलाई जिताउन एन्जेलो ग्राबियल र कप्तान क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

खेलको ४१औं मिनेटमा साडियो मानेको पासमा गोल गर्दै ग्राबियलले नासरलाई अग्रता दिलाएका थिए ।

खेलको ५६औं मिनेटमा नासरले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै घरेलु टिमलाई जिताए ।

यससँगै ३९ वर्षीय रोनाल्डोले ९०३ व्यवसायिक गोल गरेका छन् । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले नासरबाट ७१ खेलमा ६४ गोल गरेका छन् ।

उनले पोर्चुगलबाट २१४ खेलमा १३२ गोल गरेका छन् भने रियल मड्रिडबाट ४३८ खेलमा ४५० गोल र म्यानचेस्टर युनाइटेडबाट ३४६ खेलमा १४५ गोल गरेका छन् ।

इटालीको युभेन्टसबाट १३४ खेलमा १०१ गोल गरेका उनले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल गरेका छन्  ।

यता, अल नासर जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । उसले पाँच खेलमा ११ अंक जोडेको छ ।

प्रकाशित समय: शुक्रबार ११ असोज, २०८१, २३:०४:४७
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०