एमाले सांसदका छोराले बिनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिका-१ हिमगिरी साबुन फ्याक्ट्रीअगाडि मोटरसाइकलले ठक्कर दिई घाइते भएका पैदलयात्रुको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार साँझ कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको प्र १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

७ः१० बजेतिर तीव्रगतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री झापाको चारआली बाराङटोल घर भई हाल बूढीगंगा-१ बस्ने २४ वर्षीय आकाश मण्डल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा बुधबार बिहानका राति २ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान गाउँपालिका- ४ बस्ने १८ वर्षीय अक्षत माझी पनि घाइते भएका छन् । उनको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

उनले बिनालाइसेन्स तीव्र गतिमा मोटरसाइकल हुँइक्याउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अक्षत नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा हुन् । सत्तारूढ दल एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी उनी एमाले प्रदेश संसदीय दलको सचेतक पनि हुन् ।

लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिनु अभिभावकको लापरबाही भएको प्रहरीले औंल्याएको छ ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, ०६:४९:३९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०