रविका ‘पार्टनर’ छविलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी ५९ वर्षीय जोशीलाई १० दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले सोमबार दिउँसो अदालतमा उपस्थित गराएको थियो ।

जोशीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्नुपर्ने प्रहरीको माग छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ गरिएका जोशीलाई आइतबार राति पोखरा ल्याइएको थियो ।

प्रहरीले आइतबार दिउँसो काठमाडौँको शङ्खमुलबाट नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राति ९ः३० बजे हवाईजहाजमार्फत पोखरा ल्याइएको थियो ।

गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिभिजनमा गैरकानुनी रूपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक(डिआइजी) समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १, नक्साल बस्ने जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका थियो ।

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, जीविका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछाने लगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् ।

२०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।

त्यसयता सहकारी पीडितको आन्दोलन र पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धानसमेत गरेको छ ।

प्रकाशित समय: सोमबार ७ असोज, २०८१, १९:१९:४१
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०