विराटनगरमा मोहम्मद जयन्तीको रौनक, धार्मिक र्‍यालीमा गिरीले गरे पानी–विस्कुट वितरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३१ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा विराटनगमा निकालिएको धार्मिक र्‍यालीमा युवा नेता अभिषेक गिरीले पानी–विस्कुट वितरण गरेका छन् ।

मोहम्मद पैगम्बर जन्मोत्सवको रौनकले रंगीन बनेको विराटनगर आयोजित र्‍यालीमा आपसी भाइचारा, सद्भाव र एकताको सन्देश दिने प्रयास गिरीले गरेका हुन् ।

बिहानैदेखि परेको मध्यमवर्षाका बीच पानीमा रुझ्दै गिरी नेतृत्वको कोशी सुधार अभियानका सदस्यहरूले र्‍यालीमा सहभागी इस्लाम धर्मावलम्बीहरूलाई पानी, सर्वत र विस्किट वितरण गरे । हिन्दू–मुस्लिम सद्भाव कायमै राख्ने, धार्मिक एकता राख्ने प्रयासले र्‍यालीमा सहयोग गरेको उनको भनाइ छ ।

कोशी सुधार अभियान र गिरी फाउन्डेसनमार्फत धार्मिक सहिष्णुता कायम गर्ने प्रयासस्वरूप पानी-विस्किट वितरण गरिएको सुनाउँदै उनले धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउन नदिने कोसिस गरेको बताए ।

उनले भने, ‘पछिल्लो समय धर्मका नाममा एक-अर्कालाई भिडाउनेगरी समाजमा भ्रम छर्ने प्रयत्न भइरहेको छ । तर, धर्म भनेको सेवा हो, उदारता, प्रेम र सहअस्तित्व हो । यिनै कुरालाई दर्शाउने कोसिस गर्दै हामीले यहाँ पानी-विस्किट वितरण गरेका हौं ।’

आजको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएका छन् । यसै अवसरमा झन्डासहितको हजारौंको संख्यामा विराटनगरका विभिन्न स्थानमा धार्मिक र्‍याली गरिएको थियो ।

प्रकाशित समय: सोमबार ३१ भदौ, २०८१, २०:४२:१७
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०