विराटनगरको कृषि बजारमा बिहीबारदेखि कृषि एक्स्पो हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा पहिलोपटक आयाेजना गर्न लागिएको कृषि एक्स्पाेकाे तयारी पूरा भएको छ । निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले एक करोड रुपैयाँ खर्चेर बिहीबारदेखि कृषि एक्स्पोको आयोजना गर्दै छ ।

बिहीबारदेखि चार दिनसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा एक्स्पाेमा १३० वटा स्टल रहने छन् । एक्स्पाेमा भारतकाे काेलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरू रहने उनले बताए ।

एक्स्पाे अवधिभर कृषि, पशुपक्षी, कष्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधिलगायत विषयमा नेपाल र भारतका विज्ञकाे सहभागितामा संवाद राखिएको छ ।

कृषि औजारकाे प्रदर्शनी, उन्नतजातका पशुपंक्षीकाे प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजकाे प्रतियोगिता खेतदेखि भान्साकाे अनुभव र फुट फेस्टिवल गरिने उनले बताए ।

राउतले नेपाल र भारतका १५ जना कृषि विशेषज्ञले कृषि एक्स्पोमा सहभागिता जनाउँदै कृषि क्षेत्रलाई समयअनुकुल अगाडि बढाउने र किसानलाई फाइदा पुर्‍याउने विषयमा बृहत छलफल हुने जानकारी दिए ।

मेलामा अवलाेकनका लागि बाहिर जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको अध्यक्ष राउतले बताए । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उद्देश्यसहित आयाेजना गरिएको एक्स्पाे सञ्चालनका लागि एक कराेड खर्च लाग्ने राउतले बताए ।

एक्स्पोस्थल कटहरी थोक बजारमा पाँचवटा ब्लक छुट्याइएको छ । जसमा ‘ए’ मा ब्लकमा पशुपक्षी, ‘बी’ ब्लकमा कृषि, ‘सी’ ब्लकमा मेसिनरी, ‘डी’ ब्लकमा फुड स्टल र इ ब्लकमा गोष्ठी तथा परामर्श सेवाका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रकाशित समय: मङ्गलबार २५ भदौ, २०८१, २०:१८:४६

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०