निर्दयी आमा : पतिको रिसले छोरीहरू सिध्याइन्, आफू पनि विष पिएर जंगलतिर हानिइन्

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैंचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइंकालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ ।

दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैंचा-७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा बुधबार झापाबाट पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेस्ट बैंकअगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

आरोपी अस्मिताले श्रीमानले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीहरूको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छन् ।

जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो घटना :

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन २ छोरी र पत्नीसहित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । आइंका र अपर्णा नाबालिका छोरीहरू हुन् ।

अर्जुनले नयाँ घर निर्माण पनि गर्दै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर अर्जुन र अस्मिताबीच विवाद सुरु भएको थियो । पतिसँगको विवादले रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी थिइन् ।

अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर पतिको मोबाइलमा म्यासेज पठाएकी थिइन् । अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शवनजिकै फेला परेको थियो ।

उनले पहिले मेटासिस पिइन् र छोरीहरूलाई पनि पियाइन् । विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिइन् ।

भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगिन् । बिर्तामोडमा पाँच दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको थिइन्, उनी ।

मंगलबार राति १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको भनेर स्थानीय सञ्चारकर्मीले प्रहरीलाई जानकारी दिएको थियो ।

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मितालाई जीवितै फेला पार्न प्रहरी सफल भएको हो ।

प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ । अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।

उनका भनाइअनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरुको काजकिरियामा छन् ।

प्रकाशित समय: बुधबार १९ भदौ, २०८१, २०:३४:३७
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज
बुधबार २ ब‌ैशाख, २०८३
नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल
बुधबार २ ब‌ैशाख, २०८३
‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०