यी अंग्रेजी शिक्षकको कर्तुत : जसले १५ वर्षीया विद्यार्थीलाई मर्न बाध्य तुल्याए

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । आफ्नै छात्रालाई मर्न बाध्य तुल्याउने शिक्षकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ वर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रमुख सन्तोष खड्काले आरोपित निरन कार्कीलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।

निरन कार्कीले आफ्नै छात्रा सन्ध्या रोक्कालाई प्रेम जालमा पारेर मानसिक, शारीरिक यातना दिई सामाजिक सञ्जालबाट बदनाम गराएपछि आत्महत्या गर्न बाध्य बनाएको वालिकाको दाजु दीपक रोक्काको आरोप छ ।

निरन ठोकर्पा माबिका अङ्ग्रेजी शिक्षक हुन भने रोक्का उनकै छात्रा हुन् । निरनले ‘मनोज कार्की’ नामक फेसबुक एकाउन्ट खोलेर सन्ध्याको चरित्रहत्या गर्ने विभिन्न आपराधिक कुरा पोस्ट गरेका थिए ।

सन्ध्यालाई आत्महत्या गराउन बाध्य बनाउने निरनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ बमोजिम कसुरमा कडा भन्दा कडा कारबाही गराउनका लागि दीपकले जिल्ला प्रहरी कार्यालयमा भदौ १ गते किटानी जाहेरी दिँदै मृत्यु दुरुत्साहन मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित समय: सोमबार ३ भदौ, २०८१, २०:५७:१४

सम्बन्धित खबर

नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०